PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

महन्थ र महतोसहित चार नेतालाई पार्टीबाट निस्कासित गर्ने उपेन्द्र बाबुराम समूहको निर्णय



महन्थ र महतोसहित चार नेतालाई पार्टीबाट निस्कासित गर्ने उपेन्द्र बाबुराम समूहको निर्णय

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासित गरेको छ।

जसपा नेता इस्तियाक राइले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निस्कासित गरेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको साथ दिने कि नदिने भन्ने विषयमा ठाकुर- महतो र उपेन्द्र बाबुराम पक्षबिच विवाद बढेको थियो। ठाकुर- महतो समूह ओली नेतृत्वको सरकारमा सहभागी हुने क्रममा रहँदा उनीहरुलाई पार्टीबाट निस्कासित गरिएको हो।

चार जना नेतालाई साधारण सदस्य नरहने गरि पार्टीबाट निकालिएको जसपा स्रोतले बतायो। 

चारै जना नेतालाई निस्कासन गरेको पत्र जसपाले निर्वाचन आयोगमा दर्तासमेत गराइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell