PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोभिड १९ : ६८९८ जना भए संक्रमण मुक्त, ६०८५ जना थपिए



कोभिड १९ :  ६८९८ जना भए संक्रमण मुक्त, ६०८५ जना थपिए

काठमाडौं : देशभर थप ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार १४७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार २८५ जनामा संक्रमण देखिएको हो। यस्तै, ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८०० जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। हाल देशभर १ लाख ४ हजार ७८९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

मन्त्रालयका तथ्यांका अनुसार संक्रमणका कारण एकैदिन ६८ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ७ हजार ४५४ पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell