काठमाडौं : नेपाल विश्वकप छनोट अन्तर्गतको समूह बीको बाँकी खेल खेल्नका लागि कुवेतमा छ। इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपालको कुवेतमा पहिलो प्रतिस्पर्धी हो चाइनिज ताइपेइ।
विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेलमात्र खेल्न बाँकी छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। ५ खेलमा नेपालले चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्। कोभिडका कारण एएफसीले होम गेम न्युट्रल भेन्युमा खेलाउने भनेपछि नेपाल कुवेत पुगेको हो। नेपालसँगै अन्य प्रतिस्पर्धी पनि कुवेतमै पुग्नेछन्।
समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।
विश्वकप छनोट अन्तर्गतका यसअघिको समूह बी मा नेपालले जित निकालेको एकमात्र टोली हो चाइनिज ताइपेइ। फिफा वरीयतामा १४१ औं स्थानमा रहेको ताइपेइलाई नेपालले यसअघिको खेलमा उसकै घरेलु मैदानमा २-० ले हराएको थियो।
विश्वकप क्लालिफायर्सका खेलबाहेक ताइपेइले कोभिड महामारीपछि अन्य कुनै प्रतियोगिता या मैत्रीपूर्ण खेल खेलेको छैन। पछिल्लो खेलमा जोर्डनसँग ५-० को पराजय ब्यहोरेको ताइपेइले त्यसअघि कुवेतसँग ९-० र अस्ट्रेलियासँग ७-१ को फराकिलो हार ब्यहोरेको थियो।
समूह बी मा ताइपेइले ५ खेल खेलेर जित निकाल्न सकेको छैन। त्यसैले विश्वकप छनोटको समूह बी मा ताइपेइ अण्डर डग टिमको रुपमा देखिन्छ।
नेपालले ताइपेइसँग भोलि कुवेतस्थित जबेर अल अहमद इन्टरनेसनल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।
चाइनिज ताइपेइ टिम
चाइनिज ताइपेइको फुटबल फेडेरेसनले सन् १९५४ मा फिफा र एएफसीको मान्यता पाएको थियो। सन् १९६० को एसियन कपमा तेस्रो हुनु ताइपेइको सबैभन्दा माथिल्लो उपलब्धि हो। यद्यपि फुटबलमा पनि चीनसँगको द्वन्द्वले ताइपेइलाई सताइरह्यो।
फिफा वरीयतामा सन् २०१८ मा १२४ औं स्थानमा पुग्नु ताइपेइको माथिल्लो उपलब्धि हो। जतिबेला ताइपेइमा इङ्ग्लिस प्रशिक्षक ग्यारी ह्वाइट थिए।
नेपालसँग ताइपेइले यसअघि दुईपटक प्रतिस्पर्धा गरेको छ। जसमा एक खेलमा खेल बराबरी खेलेको थियो भने अर्को पराजय ब्यहोरेको थियो।
कुवेतमा ताइपेइ नेपाल, जोर्डन र अस्ट्रेलियासँग खेल्नेछ।
ताइपेइका पछिल्ला ११ खेल
ताइपेइ भर्सेस जोर्डन ५-० (पराजय)
ताइपेइ भर्सेस कुवेत ९-० (पराजय)
ताइपेइ भर्सेस अस्ट्रेलिया ७-१ (पराजय)
ताइपेइ भर्सेस नेपाल २-० (पराजय)
ताइपेइ भर्सेस जोर्डन १-२ (पराजय)
ताइपेइ भर्सेस हंङकङ २-० (जित)
ताइपेइ भर्सेस नेपाल १-१ (बराबरी)
ताइपेइ भर्सेस सोलोमन आइल्याण्ड ०-१ (पराजय)
ताइपेइ भर्सेस म्यानमार ०-० (बराबरी)
ताइपेइ भर्सेस नर्थ कोरिया २-० (पराजय)
ताइपेइ भर्सेस मंगोलिया २-१ (जित)