PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

यूईएफए च्याम्पियन्स लिग फाइनलले तनावमा पोर्चुगल, किन मच्चियो विवाद?



यूईएफए च्याम्पियन्स लिग फाइनलले तनावमा पोर्चुगल, किन मच्चियो विवाद?
फोटो : AFP

मे ३० मा पोर्चुगलको पोर्टोमा यूईएफए च्याम्पियन्स लिगको फाइनल सम्पन्न भयो। जसमा इङ्ग्लिस क्लबले चेल्सीले अर्को इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि उचाल्यो। इस्तानबुलमा हुने फाइनल खेल तय गरिएको भए पनि टर्की कोभिड महामारीका बीच युकेको ‘रेड लिस्ट’ मा भएपछि पोर्चुगलमा फाइनल खेल सारिएको थियो।

१६ हजार ५ सय समर्थकबीच गराइएको च्याम्पियन्स लिगलाई लिएर पोर्चुगलमा आलोचना चुलिएको छ। हजारौं इङ्ग्लिस समर्थक पोर्टोमा फुटबलका लागि पुग्दा ब्यवस्थापनमा कमजोरी भएको भन्दै आलोचना भएको हो। पोर्चुगलका प्रधानमन्त्रीले समेत कमजोरी स्विकारेका छन्।

‘दुर्भाग्यवस त्यहाँ धेरै मानिसहरु थिए जसले नियम तोडे। तर त्यसको मतलब यो होइन की नियमहरु अवैधानिक थिए। यो पर्फेक्टली जान सकेन,’ प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमवार पत्रकारहरुसँग भने।

प्रतियोगिताका लागि आएका खेल पर्यटकहरु बिना मास्क र सामाजिक दुरी रेस्टुरेन्टहरुमा रमिरहेको तस्बिरहरु सार्वजनिक भएपछि पोर्चुगलमा आलोचना सुरु भएको थियो।

‘मलाइ विश्वास छ, सबै पोर्चुगिचहरु जान्दछन् कि यहाँ नियमहरुको एउटा सेट छ जसको पालनालाई हामीले जारी राख्नुछ। र, अन्य जो त्यो नियमहरुको पालना गर्न चाहँदैनन् उनीहरुलाई बाहना चाहिएको छ।’ पोर्चुगलकी स्वस्थ्य मन्त्री मार्टा टोमिडोले भनेकी छन्।

खेलअघि केही कोभिड-१९ सम्बन्धि विरोधाभाषी सन्देश पठाएको भन्दै विपक्षी दलहरुले सरकारको आलोचना गरेका थिए।

‘सरकार र पोर्टोका मेयरले ती पोर्चुगिचसँग माफी माग्नुपर्छ जसलाई बञ्चित गराइएको छ। महामारीसँग लडिरहँदा उनीहरुले यो अपमान भोगिरहेका छन्,’ विपक्षी दलका नेता रुई रियोले ट्वीटरमा लेखेका छन्।

यद्यपि खेललाई लिएर स्वास्थ्य प्रोटोकलहरु भने कडा बनाइएको थियो। पोर्चुगल जानका लागि कोभिड परीक्षण नेगेटिभ हुनुपर्ने र त्यहाँबाट फर्कँदा क्वारेन्टिनबिनै ब्रिटेनमा प्रवेश दिनेगरी ब्यवस्था मिलाइएको थियो।

के विरोधाभाष बन्यो?

यो वर्षको शुरुमा पोर्चुगल कोभिड संक्रमणबाट ग्रसित थियो। जसका कारण बाहिर निस्कँदा मास्कलाई अनिवार्य गरिएको छ यदि सामाजिक दुरी कायम गर्न सम्भव छैन भने।

कोभिडका कारण यता विभिन्न नियमबीच रंगशालामा फुटबल हेर्न नपाइरहेको सन्दर्भमा हजारौं चेल्सी र सिटीका समर्थक पोर्चुगल खेल हेर्नका लागि आउँदा मानिसहरु चिढिने त भइहाले।

त्यहाँको राइट विङ् सीडीएस पार्टीका अध्यक्ष फ्रान्सिस्को रोड्रि गुइस डोस सान्टोसले सरकारको विरोधाभाषी निर्णय भन्दै आलोचना गरेका छन्। उनको आरोप छ : सरकारले एकदमै विरोधाभाषी र अनिश्चित किमिसको दृष्टिकोण अपनायो।

‘जसरी च्याम्पियन्स लिगको फाइनल आयोजना गरियो त्यसले पोर्चुगलको जनस्वास्थमा अनुमान गर्न नसकिने गरी नराम्रो प्रभाव पर्न सक्नेछ,’ उनको आरोप छ।

अघिल्लो हप्ता त्यहाँको प्रहरी स्रोतले रोयटर्सलाई आकस्मिक रुपमा खेलको आयोजना गर्नुपरेको पर्याप्त तयारी हुन नसकेको जनाएको थियो।

पोर्चुगलको अथोरिटीले म्याचलाई लिएर कोभिडसम्भन्धी नियमहरुमा नरम बन्ने नीति लिएको थियो।

‘त्यो इभन्ट जसले यहाँका धेरै नागरिकहरुलाई प्रवेश दिँदैन त्यसलाई अनुमति दिइनुको कारण बुझिसक्नु छैन,’ लेफ्ट ब्लक लिडर काट्रिना माट्रिन्सले भनेकी छिन्।

त्यस्तै पोर्चुगलका जनस्वास्थविद्हरुले पनि रोकथाममा उदाशिन बनेको आरोप लगाएका छन्।

पोर्चुगलको नर्थनरिजनको स्वास्थ्य अथोरिटीले च्याम्पियन्स लिग सेलिब्रेसनसँग नजिक रहेकाहरुलाई कोभिडको लक्ष्यणबारे सतर्क हुन र १४ दिनसम्म अरु ब्यक्तिको सम्पर्कमा नआउन अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell