PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

इन्डियन भेरियन्ट फैलिने डरले फिलिपिन्स प्रवेशमा नेपाली नागरिकलाई पनि रोक



इन्डियन भेरियन्ट फैलिने डरले फिलिपिन्स प्रवेशमा नेपाली नागरिकलाई पनि रोक

नेपालसहितका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, ओमन र युएईलाई फिलिपिन्स प्रवेश निषेध गरिएको छ। इन्डियन भेरियन्ट फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै फिलिपिन्सले यी देशहरुका नागरिकलाई प्रवेशमा रोक लगाएको जनाएको छ। यसअघि पनि यी देशका नागरिकलाई प्रवेश रोक लगाइएको थियो।

अझै जुन १५ सम्म यी देशका नागरिक फिलिपिन्स प्रवेश गर्न पाउने छैनन्। यी देश हुँदै आउने अन्य देशका नागरिकलाई पनि १४ दिनसम्म प्रवेश नदिइने बताइएको छ। त्यसैगरी अरु देशका नागरिकलाई समेत अतिआवश्यक यात्रामात्र गर्न भनिएको छ।

फिलिपिन्सका राष्ट्रपनि रोड्रिगो डुट्रेटेले सोमवार कोरोना रोकथाम तथा नियन्त्रणका लागि अंशिक लकडाउनको घोषणा गर्दै यस्तो नियम जारी गरेका हुन्।  फिलिपिन्समा दैनिक छ हजार ३०० जनामा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ।

फिलिपिन्स साउथइस्ट एसियामा कोरोना संक्रमणका कारण सबैभन्दा धेरै मृत्यु हुने देशको सूचीमा दोस्रो नम्बरमा रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell