मलाला युसुफजाई १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार पाउने सबैभन्दा युवा व्यक्ति हुन्। पाकिस्तानमा बालिका शिक्षा अभियान संचालन गरेकी मलालालाई सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्रदन गरिएको थियो।
बालिका शिक्षा अभियान सुरु गरेको भन्दै सन् २०१२ मा तालिबानले उनीको टाउकोमा गोली प्रहार गरेको थियो। पाकिस्तानमा उपचार सम्भव नभएपछि बेलायतमा लगेर उनको उपचार गरिएको थियो। त्यसपछि उनले बालिका शिक्षा अभियानलाई विश्वव्यापी बनाएकी थिइन्। र, नोबेल पुरस्कार पाउने कान्छी व्यक्ति बनिन्।
तिनै मलाल यो वर्षको ब्रिटिस भोग म्यागेजिनको जुन संस्कारमा फिचर्ड भएकी छिन्। हाल उनको भोग कभर लुक चर्चामा छ।
एक दशकभन्दा बढी बालिका शिक्षा अभियानमा होमिएकी उनी अहिले अक्सफोर्ड विश्वविद्यालयबाट दिक्षित भइसकेकी छिन्। म्यागेजिनमा २३ वर्षीया मलालाको जीवनशैली, पाकिस्तानबाट सुरु भइ विश्वव्यापी भएको अभियान, गोली लागेपछि पाएको नयाँ जीवन,किताब लेख्न, प्रेम र आगामी योजना बारे चर्चा गरिएको छ।
अन्तर्वाताका क्रममा उनले सबै किशोरीको शक्तिबारे आफू परिचित भएको भन्दै भविष्यमा सफल हुन आफै बाटो बनाउनुपर्ने बताएकी छिन्।