PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

चुरे दोहन चार्टर!



रवीन्द्र मानन्धर

चुरे दोहन चार्टर!

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्युनीकरणको प्रयासमा नेपाल सरकार लाग्ने जनाए। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको ११९ नम्बर बुँदामा उल्लेख छ : वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ।

अझ उक्त बुँदामा थप लेखिएको छ - निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु। यसले स्पष्ट देखाउँछ - सरकार चुरे दोहनमा लालयित छ। यस कार्यक्रमले चुरे दोहन हुनुकासाथै वातावरणमा ठुलो जोखिम निम्तिने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell