PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

राजेश हमालको आग्रह : निषेधाज्ञामा मानसिक रुपमा स्वस्थ रहन सकारात्मक सोचौं



राजेश हमालको आग्रह : निषेधाज्ञामा मानसिक रुपमा स्वस्थ रहन सकारात्मक सोचौं

काठमाडौं : कोरोनाको दोस्रो लहर आएसँगै विगत एक महिनादेखि नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञाको कारण मानिसहरु घरमै बस्न बाध्य छन्। भाइरसको डर र लामो समय घरमै बस्दा मानिसहरुमा आर्थिक समस्याका साथै मानसिक समस्या समेत देखिने गरेको छ।

यसबिच अभिनेता राजेश हमालले निषेधाज्ञाले मानसिकतामा असर गर्ने भएकाले सचेत रहन र सकारात्मक सोच्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै भनेका छन् ‘डेढ वर्षदेखि कोरोना भाइरसबाट विश्व नै ग्रसित छ। दोस्रो लहर आएसँगै हामी अहिले निषेधाज्ञामा छौँ। यस्तो बेला हाम्रो मानसिक स्वास्थ्यमा पनि प्रभाव पार्ने गर्छ। त्यसैले हामी यसमा होसियार हौँ। मानसिक सन्तुलनको लागि सचेत रहौँ। मनलाई हल्का र सकारात्मक राख्न आफूलाई इच्छा लागेको काममा संलग्न हुनुहोस्।’

दिमागलाई सकरात्मक राख्न समाचारका विभिन्न स्रोतमा धेरै समय नखर्चिन समेत उनले सुझाव दिएका छन्। साथै हमालले स्वस्थ रहनका लागि व्यायाम, योग लगायतका कार्यमा आफूलाई व्यस्त राख्न सकिने बताएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell