PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसको सरकार नबन्दा पाँच दलले आफूमाथि आक्रमण गरेको कृष्ण थापाको आरोप, 'सांसद् पद खारेज हुनु इतिहासकै अनौठो मजाक'



कांग्रेसको सरकार नबन्दा पाँच दलले आफूमाथि आक्रमण गरेको कृष्ण थापाको आरोप, 'सांसद् पद खारेज हुनु इतिहासकै अनौठो मजाक'

पोखरा : गण्डकी प्रदेशसभाको सांसद पदबाट खारेज भएपछि जनमोर्चाका नेता कृष्ण थापाले आफुमाथी गरिएको कारबाहीले इतिहासकै अनौठो मजाक भएको प्रतिक्रिया दिएका छन्।

सांसद पद खारेजी पछि फेसबुकमा प्रतिक्रिय दिँदै उनले कांग्रेसको सरकार बनाउन सहयोग नगर्दा आफूविरुद्धको कदमलाई इतिहासकै अनौठो मजाक भनेका हुन्। थापाले आफूले जीवनमा धेरै हार देखेको भन्दै यसपटक पाँच दलको आक्रमणको कारण हार भए पनि फरक नपर्ने बताएका छन्।

बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनको सांसद पद खारेज गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो। आज बसेको प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै उनको सांसद पद खारेज भएको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell