PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

भदौभित्र महाधिवेशन सम्पन्न गर्न कांग्रेस नेता सिटौलाको आग्रह, पार्टीमा छलफल चलाउन माग



भदौभित्र महाधिवेशन सम्पन्न गर्न कांग्रेस नेता सिटौलाको आग्रह, पार्टीमा छलफल चलाउन माग

विराटनगर : नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कोभिड १९ महामारीका बेला पार्टीको १४ औँ महाधिवेशन तोकिएको मितिमा कसरी सम्पन्न गर्ने भन्ने विषयमा नेपाली कांग्रेसले छलफल चलाउनु पर्ने बताएका छन्। विराटनगरस्थित साझा मञ्चद्वारा आयोजित भर्चुअल कार्यक्रमममा सिटौलाले पार्टीको केन्द्रीय समिति वा पदाधिकारीको बैठकमा महाधिवेशनको मोडालिटीका बारेमा छलफल चलाउनु पर्ने बताएका हुन्।

उनले कोभिड १९ संक्रमण भएपनि आगामी महाधिवेशन भदौ महिनाभित्र सम्पन्न गर्नै पर्ने संवैधानिक बाध्यता भएको स्पष्ट पार्दै यसका लागि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताए।

सिटौलाले सर्वोच्च अदालतले यस पटक पनि प्रधानमन्त्रीले संविधानको अतिक्रमण गरेको ठहर गर्ने विश्वास व्यक्त गरे। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानलाई कागजको खोस्टोमा परिणत गर्न लागेको आरोप लागेको उनको आरोप थियो।

कांग्रेस नेतृ पुष्पा भुसालले जनताले केपी ओलीको नेतृत्वको गठबन्धनलाई २ तिहाई बहुमत केवल सरकार गठनका लागि नभई संविधानको सफल कार्यान्वयन गर्न दिएको बताइन्। तर, सरकारले संविधान र संसदलाई कमजोर बनाउन आफ्ना गतिविधि केन्द्रित गरेको र अध्यादेशबाट सरकार चलाइरहेको आरोप उनले लगाइन्।

भुसालले संविधानवादका विरूद्ध ओलीले केन्द्रीकृत शासन प्रणालीलाई अघि बढाएको टिप्पणी गरिन्।

‘संसदीय मूल्यमान्यतालाई कमजोर बनाइएको छ’, उनले भनिन्, ‘उपसभामुखको पद खालि भएपछि फरक दलले पद पाउने प्रावधानलाई पनि कार्यान्वयन गरिएन। समावेशी आयोगलाई पूर्णता नदिएर संविधानको कार्यान्वयनमा अत्यन्त गैरजिम्मेवार ढङ्गले सरकार प्रस्तुत भयो।’

सरकारले अपराधलाई राजनीतीकरण गरेर राजनीति र संविधान अनि कानुनी शासनप्रतिको विश्वास कमजोर बनाएको उनको धारणा छ।

भुसालले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने जिकिर गर्दै यसलाई अलोकतान्त्रिक र असंवैधानिक भन्ने टिप्पणी गरिन्। साथै, संविधानलाई बचाउन नेपाली कांग्रेस माओवादी र मधेसवादी दलसित मिलेर सरकारमा जानुपर्ने राय ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell