PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण



अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
तस्विर : अष्ट्रेलियन राजदूतावास

काठमाडौं : अष्ट्रेलिया सरकारले कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदुत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन्। अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत्  स्वास्थ्य सामग्री  काठमाडौं ल्याइएको हो।

राजदूत भोल्कले ट्वीटर मार्फत करिब १८ लाख डलरको सहयोग सामाग्री हस्तान्तरण गरेको जनाएकी छिन्।

 

कोभिड-१९ माहामारीमा अग्रपङ्क्तिमा कार्यरत नेपाली सेनालाई वेष्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको १८ लाख डलरको सामाग्रीहरु बलाधिकृत रथी श्री प्रभुराम शर्माज्यू लाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ। अष्ट्रेलियाली वायुसेनालाई सामाग्री दक्षिण एसियामा ल्याईदिएकोमा धन्यबाद। pic.twitter.com/e4JwvMDsdE

— Felicity Volk (@AusAmbNP) June 5, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell