PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

गाम्रीण क्षेत्रमा स्वास्थ्य सामाग्री जुटाउन फेसबुकमा लाइभ कन्सर्ट दिँदै गायक अरिजीत सिंह



गाम्रीण क्षेत्रमा स्वास्थ्य सामाग्री जुटाउन फेसबुकमा लाइभ कन्सर्ट दिँदै गायक अरिजीत सिंह
Photo : Arijit Singh

भारतमा कोरोनाको दोस्रो लहर आएसँगै त्यहाँको अवस्था निकै नाजुक बनेको छ। स्वास्थ्य सामाग्रीको अभाव हुँदा धेरैले ज्यान गुमाउनुपरेको छ। यस्तो महामारीको संकटमा बलिउड कलाकारहरु सहयोगी हात अगाडि बढाउन थालेका छन्।

गायक अरिजीत सिंह पनि सहयोग गर्न अगाडि सरेका छन्। कोरोनाबाट प्रभावित ग्रामीण क्षेत्रमा सहयोग जुटाउन उनले एक अनलाइन कन्सर्ट गर्ने भएका छन्। आज राति ८ बजे उनी फेसबुक पेजबाट लाइभ आउँदैछन्।

ग्रामीण क्षेत्रमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्रीका लागि सहयोग जुटाउन अनलाइन कन्सर्ट गर्न लागेको अरिजीतले बताएका छन्।

'कोरोनाले निकै जटिल अवस्था बनाएको छ। गाउँमा सिटी स्क्यान/ एमआरआई तथा अन्य परिक्षण गर्ने मेसिन छैनन्। सहयोग जुटाउन मैले अनलाइन कन्सर्ट गर्ने भएको छु। उठेको रकम परिक्षण मेसिन खरिद गर्न अस्पताललाई सहयोग गर्ने छु।' उनले भिडियोमा भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell