PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

करिश्माको प्रश्न : बहुल राज्य ठिक छ, बहुल राष्ट्रिय राज्यको आवश्यकता किन भयो ?



 करिश्माको प्रश्न : बहुल राज्य ठिक छ, बहुल राष्ट्रिय राज्यको आवश्यकता किन भयो ?
Photo : Karishma Manandhar / FB

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री नियुक्त भएकै दिन राजेन्द्र महतो विवादमा तानिए। पदभार ग्रहण गर्दै उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि मुक्ती आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ।

यसैबिच अभिनेत्री करिश्मा मान्धरले पनि बहुल राष्ट्रिय राज्य भनेको के हो र यो किन आवश्यक छ भन्दै प्रश्न गरेकी छिन्। उनले पहिला नेपाल गरिब भए पनि नेपालीहरुमा गौरव र एकता रहेको भन्दै बहुल राज्य नै ठिक भएको बताएकी छिन्।

 

साथै उनले धर्म निरपेक्ष देशमा कुनै एक पक्षको उठान आवश्यक नरहेको समेत तर्क गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell