PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

जनमोर्चाले कारवाही गरेका कृष्ण थापाको प्रदेशसभा सांसद् पद खारेज नगर्न सर्वोच्चको आदेश



जनमोर्चाले कारवाही गरेका कृष्ण थापाको प्रदेशसभा सांसद् पद खारेज नगर्न सर्वोच्चको आदेश

काठमाडौं : गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको सांसद् पद खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

राष्ट्रिय जनमोर्चाले पार्टी नियम उल्लंघन गरेको भन्दै थापालाई कारवाही गर्दै सांसद पदबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि उनको प्रेदश सभा सांसदको पद खारेज भएको थियो। तर, आफूलाई कारवाही गरेकोविरुद्ध थापाले सर्वोच्चमा रिट दर्ता गराएका थिए।

आइतबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालले एकल इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको हो। सर्वोच्चले थापाको पद खारेज नगर्न आदेश दिएसँगै अब उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिँदा मतदान गर्न पाउने भएका छन्। गुरुङले जेठ २७ गते विश्वासको मत लिने तयारी गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell