PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

नेपालको पहिलो वातावरण इन्जिनियर शाक्यको योगदानलाई सम्झेर मनाइयो विश्व वातावरण दिवस



नेपालको पहिलो वातावरण इन्जिनियर शाक्यको योगदानलाई सम्झेर मनाइयो विश्व वातावरण दिवस

काठमाडौं : विश्व वातावरण दिवसको अवसरमा नेपाल वातावरण इन्जिनियर समाज (सिन)ले नेपालका पहिलो वातावरण इन्जिनियर सूर्यमान शाक्यको सम्झनामा एक कार्यक्रम आयोजना गरेको छ।

भर्चुअल्ली आयोजना भएको कार्यक्रममा वक्ताहरुले शाक्यले वातावरणीय इन्जिनियरिङको क्षेत्रमा पुर्‍याएको योजनाको चर्चा गरेका थिए।

नेपाल विकास अनुसन्धान केन्द्र र राष्ट्रिय स्वास्थ्य तथा वातावरण केन्द्रसँगको सहकार्यमा सिनले आयोजना गरेको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका विद्यार्थी क्लब फेक्याम र एन. एस. सि. एस.ले शाक्यको स्मृतिमा भिडियो प्रदर्शन गरेका थिए। कार्यक्रममा प्रा. डा.मुरली गोपाल रञ्जितले विश्व वातावरण दिवसको नारा ‘पर्यावरण पुर्नस्थापना‘ बारे प्रस्तुतिकरण गरेका थिए। यस्तै, काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागसँगको सहकार्यमा हाल प्रयोगमा रहेको सिसडोल ल्यान्डफिल र निर्माणाधीन बन्चरे डाँडा ल्यान्डफिलको भर्चुअल भ्रमण समेत गरिएको थियो।

स्मृति कार्यक्रममा नेपाल विकास अनुसन्धान केन्द्रका अध्यक्षडा. नवराज खतिवडाले सूर्यमान शाक्यको कार्यगत अनुभव र वातावरण व्यवस्थापनबारे मन्तव्य दिएका थिए।

नेपालका पहिलो वातावरण इन्जिनियर सूर्यमान शाक्यको निधन गत वैशाख २० गते भएको थियो। शाक्यले नेपालमा वातावरण इन्जिनियरको जग बसालेर वातावरणमैत्री पूर्वाधार विकासका लागि जोड दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell