PahiloPost

May 14, 2025 | १ जेठ २०८२

केन्द्रको विवादले प्रदेशमा पहिरोः महन्थ पक्षका ४ मन्त्रीलाई मुख्यमन्त्री राउतले गरे बर्खास्त



सुमित मिश्र

केन्द्रको विवादले प्रदेशमा पहिरोः महन्थ पक्षका ४  मन्त्रीलाई मुख्यमन्त्री राउतले गरे बर्खास्त

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रको झगडाको असर प्रदेशसम्म स्पष्ट रुपमा पुगेको छ। परिणाम स्वरुप प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ४ जना मन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरेका हुन्।

चारै जना अध्यक्ष महन्थ ठाकुर पक्षका हुन्। मुख्यमन्त्री राउत अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका हुन्। 

केन्द्रमा विवाद चुलिएका बेला प्रदेशमा मन्त्री बर्खास्त गरिएको हो। ठाकुर पक्ष केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल हुँदा उपेन्द्र पक्षको विरोध छ। पार्टीका दुबै समूहले अहिले एक अर्कालाई कारबाही नै गरेका छन्। 

सरकारमा रहेर सन्तोषजनक काम नगरेकोले १ मन्त्री र ३ राज्यमन्त्री गरी ४ जनालाई पदबाट बर्खास्त गरिएको जनाइएको छ। मन्त्री हटाइएको जानकारी प्रदेश प्रमुख डा. राजेश अहिराज समक्ष पठाइसकिएको स्रोतले जनायो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell