PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पदबाट बर्खास्त सोनलले छाडे मन्त्री निवास, 'प्रदेशमै रहेर काम गर्छु'



सुमित मिश्र

पदबाट बर्खास्त सोनलले छाडे मन्त्री निवास, 'प्रदेशमै रहेर काम गर्छु'

जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट एक सुटकेस लिएर मोटरसाइकल चढी बिदा भएका छन्।

मन्त्रीहरुको क्वार्टर रहेको मधेश भवनबाट बिदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको प्रशंसा गर्दै बिदा भएका हुन्। सोनल एउटा सुटकेशमा आफ्नो सामान प्याक गरेर मोटरसाइकलबाट बाहिरिएका थिए।

मन्त्री निवासबाट बाहिरिनु अघि उनले आफूलाई पार्टीले अन्य जिम्मेवारी नदिएसम्म प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘म मन्त्री रहुँ वा नरहुँ देश, प्रदेश र जनताको विकासमा केन्द्रित भएर काम गरि रहनेछु।’

आइतवार साँझ प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले सरकारमा रहेर पनि सरकारको सवालमा सन्तोसजनक काम नगरेकोले  जसपाको ठाकुर पक्षका सोनलसहित थप ३ राज्य मन्त्रीलाई  बर्खास्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell