PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

महोत्तरीको लोहारपट्टीमा डकैती, डाँकाले चलाएको गोली लागेर एक जना गम्भीर घाइते



सुमित मिश्र

महोत्तरीको लोहारपट्टीमा डकैती, डाँकाले चलाएको गोली लागेर एक जना गम्भीर घाइते

जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिका ६ मा गए राति  ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले लुटपाट गरेको छ। ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाहरुले स्थनीय रामनारायण साहको घरमा लुटपाट गरेका हुन्।

लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन्। गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ भने उनको अवस्था गम्भीर रहेको छ। डाँका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell