PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानन्यायाधीश बिरामी परेपछि स्थगित संवैधानिक इजलास आज पनि नबस्ने



प्रधानन्यायाधीश बिरामी परेपछि स्थगित संवैधानिक इजलास आज पनि नबस्ने

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलास आज पनि नबस्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी भएपछि सोमवारको इजलास स्थगित भएको थियो। न्यायाधीश विवाद चल्दै गर्दा इजलास दुई दिन स्थगित भएको छ।

प्रधानन्यायाधीश जबराले ३० वटा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट हेर्न आफ्नै नेतृत्वमा वरिष्ठताका आधारमा दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईलाई राखेर दोस्रो इजलास गठन गरेका थिए।

पहिलो इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि वरिष्ठताका आधारमा दोस्रो इजलास गठन गरिए पनि न्यायाधीशद्वय कार्की र भट्टराईमाथि प्रश्न उठेर इजलास विवादमा परेको छ। इजलासमा भएको विवाद निरुपण नहुँदै प्रधानन्यायाधीश विरामी परेर इजलास स्थगित भएको छ। अब बस्ने इजलासमा प्रश्न उठेका न्यायाधीशद्वय कार्की र भट्टराईले इजलासमा रहने वा नरहने आदेश सुनाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell