PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सबै भेरियन्टलाई चक्मा दिने अद्‍भूत क्षमता!



रवीन्द्र मानन्धर

सबै भेरियन्टलाई चक्मा दिने अद्‍भूत क्षमता!

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्वकै एकमात्र अद्भुत क्षमता भएका नेता हुन्। उनीजस्तै त सारा ब्रम्हाण्डमा खोजे पनि कोही कतै भेटिँदैन। उनी यति गतिशील छन् कि सूर्यको प्रकाश माथ खान्छ। कतिखेर चर्का भारत विरोधी बन्छन् त कतिखेर लपक्कै मिल्छन् पत्तै हुन्न। कतिखेर के बोल्छन् कसैले अनुमान गर्नै सक्दैन। त्यसैले उनका साइबर सेनालाई पनि कठिन हुन्छ हो - प्रतिरक्षा गर्ने कुरो कहाँबाट जुटाउने, भ्याट्टै के बोल्दिन्छन्।

कसलाई कतिखेर मन्त्रीबाट चिप्ल्याइदिन्छन्, कसलाई कतिखेर टपक्कै पदमा पुर्‍याइदिन्छन् पत्तै हुन्न। कतिखेर कुन नेतालाई ड्याम्मै कार्वाही ठोक्दिन्छन् त कतिखेर आह्वान निकाल्दै भन्छन् - आउ मिलाऔं, हाम्रा हातहरु। कतिखेर विघटन भ्याइदिन्छन् त कतिखेर अध्यादेश। अब उनको यस्तो अद्भुत क्षमतालाई उनकै अघि पछि हिँड्नेले त बुझ्दैनन् भने विचरा जनता के बुझुन्। ओलीमा रहेको गतिशीलताको यस्तो भेरियन्टलाई हजार जिब्रा भएका शेषनागले वर्णन गर्न सक्लान् कि? खोइ शंकै लाग्छ। तपाईँलाई नि?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell