PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासको पेशीमा चढ्यो, न्यायाधीशद्वय कार्की र भट्टराईको के होला?



प्रतिनिधिसभा विघटन मुद्दा संवैधानिक इजलासको पेशीमा चढ्यो, न्यायाधीशद्वय कार्की र भट्टराईको के होला?

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा पेशीमा चढेको छ। प्रधानन्यायाधीश विरामी हुँदा सोमवार र मंगलवार स्थगित इजलास आज बस्ने भएको हो।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।

आइतवार इजलासका न्यायाधीशद्वय कार्की र भट्टराईमाथि ४ निवेदकसहित सरकारी पक्षले प्रश्न उठाउँदै बाहिरिनुपर्ने माग गरेको थियो। आफूमाथि प्रश्न उठेपछि सोमवार नै आदेश सुनाउने तयारीमा रहेका न्यायाधीशद्वयको निर्णय इजलास स्थगित हुँदा प्रभावित भयो। उनीहरुले आज इजलासमा रहने वा नरहने भन्ने आफ्नो राय आदेश सुनाउन सक्छन्।

अथवा प्रधानन्यायाधीश जबराले सिधै सुनुवाइलाई अगाडि बढाउन सक्छन्। प्रतिनिधिसभा विघटन सम्बन्धी ३० रिटमध्ये ८ वटामा सुनुवाइ भइसकेको छ। शेरबहादुर देउवासहित १४६ सांसदको रिटमा कानुनी व्यवसायीले अघिल्लो इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठमाथि प्रश्न उठाएपछि इजलास न्यायाधीश विवादमा अल्झेर मुल विषयमा प्रवेश गर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell