PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश २ सरकारमा कांग्रेस सहभागी हुँदै हो? संसदीय दलका नेता यादव भन्छन्, 'सहमति भइसकेको छैन'



सुमित मिश्र

प्रदेश २ सरकारमा कांग्रेस सहभागी हुँदै हो? संसदीय दलका नेता यादव भन्छन्, 'सहमति भइसकेको छैन'

जनकपुरधाम : मंगलबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सामेल गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिएको खबर बाहिरियो। प्रदेश २ सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले समेत दूबै दललाई सरकारमा सामेल गराउन मन्त्रालय टुक्र्याउने तयारी गरिएको जानकारी दिएका थिए।

तर नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारमा सहभागी हुने विषयमा कुनै प्रकारको सहमति नभएको दाबी गरेका छन्।

नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले नेपाली कांग्रेस प्रदेश २ सरकारमा सामेल हुन सहमत भएको समाचार अफवाहमात्र दाबी गरेका हुन्। ‘हामीसँग कुन मन्त्रालय दिने वा कतिवटा मन्त्रालय दिने विषयमा अहिलेसम्म सहमति भएको छैन,’ यादवले भने। यद्यपि कांग्रेस संसदीय दलका नेता यादवले मन्त्रालय टुक्र्याउने विषयमा छलफल भएको स्वीकारे।

माओवादी केन्द्र प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साहलेसमेत अहिलेसम्म सरकारमा सहभागी हुने विषयमा कुनै प्रकारको सहमति नभएको बताए। उनले अहिले सरकारमा सहभागी हुनका लागि सैद्धान्तिक छलफल मात्रै अगाडी बढाइएको छ तर सरकारमा सहागिता जनाउने विषयमा कुनै सहमति नभएको बताए।

उनले भने, ‘अहिले हामीबिच सैद्धान्ति छलफलमात्रै भएको छ, मन्त्रालय र मन्त्रालय संख्याको विषयमा सहमति भए हामी आजको आजै सरकारमा जान तयार छौँ। तर अहिले त्यस्तो कुनै छलफल नै भएको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell