PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

आङ सान सूचीमाथि लगाइयो भ्रष्टाचारको अर्को मुद्दा, १५ वर्ष जेल हुनसक्ने



आङ सान सूचीमाथि लगाइयो भ्रष्टाचारको अर्को मुद्दा, १५ वर्ष जेल हुनसक्ने
File Photo : Reuters / Chalinee Thirasupa

म्यानमारको जुन्ती सरकारले आङ सान सूचीमाथि भ्रष्टाचारको थप अभियोगहरु लगाएको छ। सरकारी समाचार संस्था ग्लोबल न्यू लाइटले सूचीमाथि थप मुद्दाहरु लगाइएको बारे समाचार प्रकाशन गरेको रोयटर्सले उल्लेख गरेको छ।

फेब्रुअरी १ मा 'कू' गर्दै सेनाले सूची सहित सयौं नेतालाई पक्राउ गरेको थियो। यसअघि सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको, स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको र भ्रष्टचारका आरोप लगाइएको थियो।

यसपटक सूचीमाथि उनी अध्यक्ष रहेकी डाउन खिन कि फाउन्डसेन संस्थाको लागि जग्गाको दुरुपयोग गरेको आरोप लगाइएको छ। यो मुद्दामा सूची दोषी करार भए उनलाई १५ वर्षसम्म जेल सजाय हुनसक्छ। सूची सहित कयौं अन्य अधिकारीहरुविरुद्ध समेत मुद्दा दर्ता भएको छ।

'कू' यता म्यानमारमा दैनिक सैन्य सरकारको विरोधमा प्रदर्शन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell