भारतमा दैनिक नयाँ थपिने कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ। हप्तौंसम्म लाखौं संक्रमित पहिचान भइरहेकोमा तीनदिनयता १ लाख भन्दा कम संक्रमित पहिचान भएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४ हजार ५२ जना नयाँ संक्रमित थपिएका छन्।
संक्रमितको संख्या घटेपनि मृतकको संख्या भने हालसम्मकै उच्च पुष्टि भएको छ। एकैदिन ६ हजार १४८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कूल मृतकको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ।
यस्तै, संक्रमणबाट १ लाख ५१ हजार ३६७ जना मुक्त हुँदा हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ११ लाख ६७ हजार ९५२ पुगेको छ। करिब दुई महिनापछि भारतमा सक्रिय कोरोना संक्रमितको केस १२ लाख भन्दा कम भएको हो।
India reports 94,052 #COVID19 cases, 1,51,367 discharges & 6148 deaths (highest in one day) in last 24 hrs, as per Health Ministry
— ANI (@ANI) June 10, 2021
Total cases: 2,91,83,121
Total discharges: 2,76,55,493
Death toll: 3,59,676
Active cases: 11,67,952
Total vaccination: 23,90,58,360 pic.twitter.com/hS9rDOCDuq