PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

पुटिनलाई ‘हानिकारक हर्कत’मा सामेल नहुन अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, कडा जवाफ दिइने



पुटिनलाई ‘हानिकारक हर्कत’मा सामेल नहुन अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, कडा जवाफ दिइने
PHOTO : REUTERS

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सरकारलाई कुनै पनि खालको नोक्सानी पुर्‍याउने गतिविधिमा सहभागी नहुन चेतावनी दिएका छन्।

आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा जी सेभन शिखर सम्मेलनमा सहभागी हुन बेलायत आइपुगेका राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनमाथि निशाना साधेका हुन्। यदि रूस नोक्सानी पुर्‍याउने गतिविधिमा समावेश भएमा मजबुत र सार्थक परिणाम भोग्नुपर्ने बाइडेनको चेतावनी छ।

बाइडेनले भने, ‘हामी रूससँग तनाव चाहन्नौं। दुई देशबिच स्थिर र सुदृढ सम्बन्ध चाहन्छौं। तर यो कुरालाई लिएर म स्पष्ट छु कि यदि रूसी सरकार कुनै पनि प्रकारले नोक्सान पुर्‍याउने खालका गतिविधिहरुमा समावेश हुन्छ भने अमेरिका मजबुत र सार्थक तरिकाबाट यसको जवाफ दिनेछौं।’

८ दिने युरोप भ्रमणका क्रममा बाइडेनले जेनेभामा रूसी राष्ट्रपति पुटिसँग भेट गर्ने कार्यक्रम छ। भेटमा हतियारमाथि नियन्त्रण, जलवायु परिवर्तन, यूक्रेनमा रूसी सेनाको हस्तक्षेप, रूसी साइबर ह्याकिङ गतिविधिहरु र रूसी विपक्षी नेताको अवस्थाबारे प्रश्न उठाउनेछन्।

बाइडेनले अमेरिकाका मित्र राष्ट्रसँग ट्रम्प प्रशासनको तनावपूर्ण सम्बन्धमा प्रतिक्रिया जनाउँदै आफ्नो उद्देश्य मज़बुद सम्बन्ध राख्नु रहेको पनि उल्लेख गरेका छन्।

राष्ट्रपति बाइडेनले जी सेभन सम्मेलनपछि विन्डसर कासलमा महारानीसँग भेट गर्ने कार्यक्रम छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell