PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

'हामी नेपाल'को पहलमा नवलपुरमा स्वास्थ्य सामाग्री



'हामी नेपाल'को पहलमा नवलपुरमा स्वास्थ्य सामाग्री

नवलपुर : नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता विकास तामाङको पहलमा इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

हामी नेपाल र ह्युमनिटी फाउन्डेसनको सहयोगमा प्राप्त ती स्वास्थ्य सामग्री उनले बिहीवार अस्पतालको प्राङ्गणमा गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, उपाध्यक्ष मिरा अधिकारी लामा र नवलपुर अस्पतालका डाक्टर धमेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन्।

अस्पताललाई पीपीइ २५ वटा, अक्सिजन कन्सेन्ट्रेटर २ वटा, सर्जिकल माक्स १० बक्स, गाउन, स्यानिटाइजर र अक्सिमिटरलगायतका सामाग्री प्राप्त भएको डाक्टर पाण्डेले जनाए। प्रदेश सभाका उम्मेद्वारसमेत रहेका तामाङको पहलमा प्राप्त सामग्री हस्तान्तर कार्यक्रममा संस्थाका प्रतिनिधि समाजसेवी जशु तामाङ, तरुण दल जिल्ला सचिव जितबहादुर तामाङ र कांग्रेस ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङलगायत उपस्थित थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell