PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रदेशसभा सदस्यबाट निष्कासित ज्वालालाई पार्टी फेर्दा संघीय मन्त्री उपहार!



सुमित मिश्र

प्रदेशसभा सदस्यबाट निष्कासित ज्वालालाई पार्टी फेर्दा संघीय मन्त्री उपहार!

जनकपुरधामः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा पुनः सदस्य थप गरेका छन्। रिक्त मन्त्रालयमा ओलीले बिहीबार ७ नयाँ मन्त्रीको शपथ गराए।

कार्यविभाजन अनुसार गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमन्त्रीमा नैनकला थापा, वनमन्त्रीमा नारदमुनि राणा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, र विना विभागीय मन्त्रीमा मोहन बानियाँले शपथ लिए।

शपथ लिएकामध्ये कृषिमन्त्री साह चर्चामा छिन्। खासगरी प्रदेश २ मा। किनकी साह हालै माओवादी केन्द्र छाडेर नेकपा (एमाले) तिर लागेकी हुन्। दल बदलेपछि पार्टीले उनलाई कारबाही समेत गरिसकेको छ। कारबाहीले सांसद पद गुमिसकेको छ।

सांसद पद गुमे पनि एमालेमा लागेबापत उनले संघीय सरकारको मन्त्री उपहार पाइन्।

को हुन् ज्वालाकुमारी साह?

साह बारा निर्वाचन क्षेत्र नं. ३(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। माओवादी केन्द्रबाट उनी निर्वाचित भएकी थिइन्।

पार्टी एकीकरणपछि सर्वोच्चको फागुन २३ गतेको फैसलाले तत्कालीन एमाले र माओवादी पुनः आफ्नै अस्तित्वमा आए। दल पूर्ववत अवस्थामा पुगेपछि साहले एमाले रोजिन्।

एमालेमा लागेपछि उनलाई माओवादी केन्द्रले कारबाही गर्‍यो। दलको सिफारिस अनुसार प्रदेशसभाले उनको सांसद पद रिक्त भएको सूचना जारी गर्‍यो। प्रदेश सभाबाट कारबाहीमा परेकी तिनै साहले बिहीबार संघीय सरकारको कृषिमन्त्रीको जिम्मेवारी पाएकी हुन्।

साह माओवादी केन्द्रमा केन्द्रीय सदस्य समेत थिइन्।

साह अहिले एमालेको प्रदेश २ अध्यक्ष पनि हुन्। उनी माओवादीबाटै एमालेतिर लागेका नेता प्रभु साह निकट नेतृ हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell