PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सरकारका प्रवक्तामा नैनकला थापा



सरकारका प्रवक्तामा नैनकला थापा

काठमाडौं : सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।    

सरकारले प्रायः सञ्चारमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ। थापा हिजो सञ्चारमन्त्रीमा नियुक्त भएकी हुन्। प्रधानमन्त्री ओलीले बिहीवार सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell