PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गणेश लामाको गिरफ्तारीप्रति कांग्रेस नेता इन्द्र बानियाँको आपत्ति



गणेश लामाको गिरफ्तारीप्रति कांग्रेस नेता इन्द्र बानियाँको आपत्ति

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर आपत्ति जनाएका छन्।

नेता बानियाँले बिहिबार एक बिज्ञप्ती निकाल्दै युवा नेता लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेता बानियाँले कुनै पनि नागरिकले स्वतन्त्रपूर्वक हिड्डुल गर्न पाउने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताएका छन्।

विज्ञप्तीमा नेता बानियाँले नेता लामालाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दावी ग रिएपनि वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको आरोप लगाएका छन्।

नेता बानियाँले जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै निन्त्रणमा लिएपनि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरिवाना लिएर छाड्नुपर्ने भएपनि नियन्त्रणमा राखी अनावस्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउँदै नेता लामालाई विना शर्त तत्काल छोड्न विज्ञप्तिमार्फत आग्रह गरेका छन्। निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो।

गत आम निर्वाचनमा बागमती प्रदेशसभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवारसमेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell