बेलायतले आफसँग भएका अतिरिक्त खोपहरु गरिब देशहरुलाई उपलब्ध गर्ने भएको छ।
जी सेभन बैठक अघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरुलाई केही सातापछि खोप उपलब्ध गराउन सुरु गर्ने बताएका हन्। जोनसनले दश करोड खोप अर्को वर्षसम्म विभिन्न देशहरुलाई सहयोग गरिने समेत बताए।
सेप्टेसम्बरको अन्त्यसम्म ५० लाख डोज र यो वर्षको अन्त्यसम्ममा थप दुई करोड खोप उपलब्ध गराउने भएको हो।
बेलायतसँग रहेको अतिरिक्त खोपहरु गरिब देशलाई वितरणबाट कोभिड १९ महामारी नियन्त्रणमा ठूलो कदम हुने समेत उनले बताएका छन्।
बेलायतको उक्त निर्णयले नेपाल लगायत देशहरुलाई खोप सहज रुपमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यसअघि बेलायतले कोभ्याक्स मार्फत खोपको सहायता गर्ने बताएको थियो। नेपालले बेलायतसँग खोप उपलब्ध गराउन कूटनीतिक र राजनीतिक पहल समेत गरेको थियो।