PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार : आरोपित एक पक्राउ, अर्को फरार



कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार : आरोपित एक पक्राउ, अर्को फरार

कैलाली : कञ्चनपुरमा एक १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको  छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका-५ की किशोरीलाई दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।

कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षत्रीले बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जानकारी दिए। अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन्। जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले प्रहरी सामु बयान दिएकी डिएसपीको भनाइ छ। फरार युवकको खोजी कार्यसँगै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell