PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाली सेनालाई भारतले दियो एम्बुलेन्स र भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री



नेपाली सेनालाई भारतले दियो एम्बुलेन्स र भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री

काठमाडौं : भारतले नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

भारतीय सेनाले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शुक्रवार सैनिक मुख्यालय जंगी अड्डामा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे।

भारतीय दूतावासका अनुसार राजदूत क्वात्राले एम्बुलेन्स र भेन्टिलेटर लगायतका मेडिकल उपकरणहरु हस्तान्तरण गरेका हुन्। दूतावासले कोभिडविरुद्धको लडाईमा नेपाल र भारत संयुक्त रुपमा काम गरिरहेको पनि उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell