PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भक्तपुर नगरपालिकामा अक्सिजन प्लान्ट सहितको पूर्वाधार निर्माणका लागि उठ्यो ५ करोड ५९ लाख भन्दा बढी रकम



भक्तपुर नगरपालिकामा अक्सिजन प्लान्ट सहितको पूर्वाधार निर्माणका लागि उठ्यो ५ करोड ५९ लाख भन्दा बढी रकम

भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आवश्यक अन्य स्वास्थ्य उपकरणहरूको व्यवस्था विभिन्न संघ संस्था र सर्वसाधरणले सहयोग गरिरहेका छन्।

नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा सहयोग आह्वान गरेसँगै हालसम्म ५ करोड भन्दा बढी रकम जम्मा भएको छ।

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि २८ गतेसम्ममा. ५ करोड ५९ लाख ५ हजार ८ सय १ रुपैयाँ ५५ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ। २८ गते शुक्रबार मात्र‍ १२ लाख ७४ हजार ७ सय ३६ रुपैयाँ ५५ पैसा आर्थिक सहयोग प्राप्त भएको छ।

आज नगरपालिकालाई एनफोको तर्फबाट २ वटा अक्सिजन कन्सन्ट्रेटर र ४०० बट्टा मेडिकल मास्क सहयोग गरिएको छ।

भक्तर नगरपालिकाले संक्रमितहरुका लागि एचडीयु सहित अस्पताल निर्माण र अक्सिजन प्लान्ट निर्माणका लागि सार्वजनिक रुपमा नै अपील गरेको थियो। केन्द्र र प्रदेश सरकारसँग सहयोग मागेपनि कुनै सुनुवाइ नभएको भन्दै नगरपालिकाले आफै प्लान्ट निर्माण गर्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell