PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अभिनेता दिलिप कुमार अस्पतालबाट डिस्चार्ज



अभिनेता दिलिप कुमार अस्पतालबाट डिस्चार्ज
Photo : Hindustan Times

भारतीय अभिनेता दिलिप कुमार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी ५ दिनको अस्पतालको बसाईपछि घर फर्किएका हुन्।

९८ वर्षिय दिलिप कुमारलाई सास फेर्न गाह्रो भएपछि आइतबार बिहान मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। मुम्बईको हिन्दुजा अस्पताल एक नन-कोविड अस्पताल हो।

दिलिप कुमारको आधिकारिक ट्विटर अकाउण्टमार्फत फैजल फारुकीले उनलाई डिस्चार्ज गरिएको जानकारी दिएका हुन्।

उनको फोक्सोमा पानी भरिएको थियो। जसकारण उनको अक्सिजनको सहायताले उपचार गरिएको थियो।

केहि समयअघि पनि उनको स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना भएका थिए। अस्पतालले डिस्चार्ज गरेपछि उनी घरमै उपचार गराइरहेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell