PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कार दुर्घटनामा घाइते भएकी निशाको नर्भिकमा उपचार हुँदै, खर्च अस्पतालले ब्यहोर्ने



कार दुर्घटनामा घाइते भएकी निशाको नर्भिकमा उपचार हुँदै, खर्च अस्पतालले ब्यहोर्ने

काठमाडौं : भारतमा कार दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ। अस्पतालले निशाको नि :शुल्क उपचार गर्न लागेको हो।

२०७६ पुस १८ गते भारतको देहरादुनमा उनी कार दुर्घटनामा परेकी थिइन्। भारतमा १० लाख भारतीय रुपैयाँ खर्च भएपछि २२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइएको थियो। भारतमा खर्च जुटाउन गाह्रो भएपछि उनका बुवा प्रेमले निशालाई नेपाल ल्याएका थिए। त्यसपछि निशालाई काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरियो। तर, निशालाई नेपाल ल्याएको केहि महिनामा नै कोरोना भाइरसको संक्रमण फैलियो। त्यसपछि उनलाई अस्पतालबाट भैंसीपाटीस्थित कोठामा सारियो। तर, आर्थिक अभावका कारण उनको उपचार सम्भव हुन सकेको थिएन।

यसैबिच संचारमाध्यममा उनको स्वास्थ्य अवस्थाको खबर प्रकाशित भएपछि नवजीवन परोपकार संस्थाका संचालक दुर्गानाथ दाहालको पहलमा नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले निशाको उपचारमा सहयोग गर्ने घोषणा गरेकी हुन्।

अस्पतालले नि:शुल्क उपचार गर्ने भएपछि निशाका बुवा प्रेमले छोरी फेरि पहिला जस्तै स्वस्थ हुने विश्वास पलाएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell