PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७५ हजार, आज थपिए ३७५० संक्रमित



देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७५ हजार, आज थपिए ३७५० संक्रमित

काठमाडौं : देशभर कोरोना भाइरसबाट संक्रमित ५ हजार २२५ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७५ हजार २७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जना संक्रमित थपिएका छन्। ९ हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७०९ जनामा र ५ हजार ५८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण देखिएको हो।

यस्तै, संक्रमणका कारण थप ६७ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ८ हजार ३०५ जना संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell