PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रेमको लागि दश वर्षसम्म 'कैदी' बनेकी युवती



प्रेमको लागि दश वर्षसम्म 'कैदी' बनेकी युवती
प्रतीकात्मक फोटो : Reuters

घटना केरलाको पालक्काड जिल्लाको हो। त्यहाँको एउटा टायलले छाएको घरको साँघुरो कोठामा १० वर्ष थुनिइन् एक युवती। उनलाई कुनै अपराधको सजाय दिइँदै भने थिइएन त्यहाँ। न कुनै यातना र जबरजस्ती नै भएको थियो। रोचक विषय त उनी त्यसरी थुनिन पाउँदा खुशी छिन्।

ती युवतीको बारेमा सुन्नेहरूले भने 'मायामा पागल भएकी।' निकै सानो गाउँ, नेनामाराका प्रहरी अधिकारी रहमान र सजीताको कथा सुन्नेहरू त झन् सजीताको अवस्था प्रेमकै कारण भएको दावी नै गर्छन्। रहमान ३२ वर्षका भए र सजीता २८ वर्षीया।

हालसालै उनीहरूसँग सम्बन्धबारे प्रहरीले कुराकानी गरे। दुबैलाई फरकफरक समय र ठाउँमा राखेर। उनीहरूको मत नबाझिएको सुनाउँछन् नेनमाराका प्रहरी अधिकृत दीपक कुमार। निष्कर्ष के निस्कियो भने, उनीहरू एकअर्कालाई अधिक प्रेम गर्छन्। यसमा कुनै शंका छैन।

+++

रहमान बिजुली मेकानिक हुन् र पेन्टिङको कामसमेत गर्छन्। उनी बेला बखत कामकै सिलसिलामा बाहिरसमेत जान्छन्। उनका बुवाआमा ज्याला मजदुरी गर्छन् र दिनहु काममा निस्कन्छन्।

प्रहरी अधिकारीका अनुसार रहमान सजीताका लागि भान्साबाट खाना लिएर सजीता बसेको कोठामा जान्थे र आफैले भित्रबाट बन्द गर्थे। त्यो ढोका सधैं बन्द रहन्थ्यो। जब कोही उनको कोठाको नजिक जान्थे, उनी आत्तिन्थे।

सजीता बाथरूम वा नित्यकर्मको काम पनि तब गर्थिन् जब रहमानका बुवाआमा सुत्न जान्थे। यो सबै घटनाक्रम भइरहेको घर ठूलो र फराकिलो भने होइन। तीन वटा मात्र बेडरुम छन् त्यहाँ। प्रहरी अधिकृत भन्छन्,'त्यति सानो घरमा पनि सजीता त्यहीँ बस्छिन् भन्ने कुरा कसरी थाहा पाएनन् रहमानका आमाबुवाले? यो रहस्यको विषय हो।'

मार्चको सुरुवातमा रहमान अचानक गायब भए। उनी पेन्टिङको कामको बहानामा निस्किएका थिए। हराउनु अघि उनले लगातार दुई महिना काम गरेका थिए। केही रकम जम्मा भएपछि घरबाट निस्किएका थिए।

जुन ८ मा रहमानका भाइ छिमेकी गाउँको यात्रामा निस्किएका थिए। घरबाट करिव ८ किलोमिटर पर गाउँ विथुनास्सेरीमा उनले आफ्नो दाजुलाई एउटा गाडीमा सवार देखे। उनले तत्काल ट्राफिक प्रहरीलाई आफ्नो हराइ रहेको दाजु त्यहाँ देखिएको जानकारी गराए। र, त्यस प्रेम कहानीबाट पर्दा उठ्यो जसलाई वर्षौ लुकाएर राखिएको थियो।

तीन महिना पहिले रहमान आफ्नो बुबाआमाको घरबाट अचानक हराएका थिए। उनीहरूले त्यसबारे प्रहरीमा उजुरी समेत दिएका थिए। प्रहरीले रहमानलाई रोके र प्रहरी चौकी लिएर गए। त्यसपछि सुनाए आफ्नो प्रेम कथा।

रहमान र सजीता छिमेकी थिए। बिस्तारै एकअर्कासँग प्रेममा परे उनीहरू। सन् २०१० को फेब्रुअरीदेखि त सजीता करातपराम्बुस्थित रहमानको बुबाआमाको घरमै बस्ने गरी पुगिन्। सजीताको परिवारले उनी हराएको बारे प्रहरीमा रिपोर्ट त गराए तर उनी कहाँ पुगिन्, कुन अवस्थामा छिन् पत्ता लागेन। त्यतिबेला प्रहरीले रहमानसँग पनि सोधपुछ गरेका थिए। तर सजीता उनकै घरमा भएको पत्ता लागेको थिएन।

+++

उनीहरू धर्मका कारण आफ्नो प्रेम र वैवाहिक सम्बन्ध परिवारले नस्वीकार्नेमा ढुक्क थिए। त्यसैले यस सम्बन्धलाई लुकाए। न छुट्टिन सके न देखिन नै।

कारण – अब उनी पछिल्लो दश वर्षजस्तो कष्टकर जीवन बिताउन चाहँदैनथे। घरबाट निस्किएर सजीतासँग स्वतन्त्र र फरक जीवन बिताउन चाहन्थे।

दुबैजना हराउनुको रिपोर्ट प्रहरीमा दर्ता भएकाले दुबैलाई अदालतमा पेश गरिएको थियो। तर, दुबैले आफ्नो बयान दिएपछि र आफ्नो निर्णयमा खुशी रहेको सुनाएपछि उनीहरू रिहा भएका छन्। (बीबीसी हिन्दीमा प्रकाशित सामाग्रीको भावानुवाद।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell