
अर्थतन्त्र डाँवाडोल। विकास खर्च लाजमर्दो। उद्योगधन्दा कहिले ठप्पै, कहिले धिपधिपे। निषेधाज्ञाले कारोबार मन्दी। मानिसको गतिविधि ठप्प। होटल क्षेत्रमा रुवाबासी। तर, चम्केको छ सेयर बजार। तलब खुवाउन नसक्ने होटल सेयर भाउ उकासिएर किनिनसक्नु ! आखिर किन? विज्ञको एभरग्रिन जवाफ - बजार भनेकै यही त हो - कहिले बुलिस् कहिले बियरिस। यो बुलिस ट्रेन्डले कतिलाई 'फुलिस' बनाउने हो पत्तो नाई! कि कसो?