PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रभासको फिल्म 'आदिपुरुष' ले तोड्नेछ 'बाहुबली २' को रेकर्ड



प्रभासको फिल्म 'आदिपुरुष' ले तोड्नेछ 'बाहुबली २' को रेकर्ड

प्रभास अभिनित फिल्म 'आदिपुरुष' बहुप्रतिक्षित फिल्ममध्ये एक हो। ओम राउत निर्देशित फिल्म 'आदिपुरुष' ले प्रभासकै पछिल्लो फिल्म ‘बाहुबली २ : द कन्क्लुजन’ को रेकर्ड तोड्ने भएको छ।

भारतीय संचार माध्यमहरुका अनुसार आदिपुरुषले 'भिएफएकस'को सन्दर्भमा प्रभासकै यस अगाडिको सुपरहिट फिल्म ‘बाहुबली २' को रेकर्ड तोड्ने छ।

एसएस राजामौलीको निर्देशन रहेको 'बाहुबली २' मा  करिब २ हजार ५०० भिजुअल इफेक्ट्स समेटिएको थियो। जसकारण यसलाई धेरै भिएफएक्स भएको बलिउडको पहिलो फिल्म मानिन्छ। फिल्म ‘आदिपुरुष’मा भने त्यो भन्दा पनि बढी ८ हजार भिएफएक्स समेटिएको बताइएको छ। 

कोभिड-१९ ले अवस्था सामान्य भएपछि फिल्म युनिट सुटिङ गर्ने तयारीमा छ। फिल्मको रिलिज अगस्ट २०२२ मा हुन तय भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell