PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

‘कांग्रेस खहरेखोला जस्तो भइसक्यो, प्रजा परिषद्को हालतमा पुग्न बेर छैन’



‘कांग्रेस खहरेखोला जस्तो भइसक्यो, प्रजा परिषद्को हालतमा पुग्न बेर छैन’

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी खहरे खोलाजस्तो भएको टिप्पणी गरेका छन्।

जिल्ला सभापतिहरुसँगको भर्चुअल सम्वादमा नेता सिंहले भने, ‘अहिले खहरे खोलाको क्यारेक्टरमा उत्रियो कांग्रेस। महाधिवेशन आउन लाग्दा बर्खामा खहरे खोला उर्ले झै भयो। अरु बेला सामसुम हुन्छ। संस्थागत नभएको कारणले यस्तो भएको हो।’

कांग्रेस सक्रिय नहुने हो भने प्रजा परिषद्को हालतमा पुग्न बेर नलाग्ने सिंहको चेतावनी छ। ‘ए कांग्रेस बी कांग्रेस भन्न थाल्यो भने खोज्नुपर्ने अवस्था आउन सक्छ। कोरोनाको प्रोटोकल मेन्टेन गरेर गरेमा हुन्छ। सात वटा प्रदेशमा गरेमा धेरै राम्रो हुन्छ,’ उनले भने।

सिंहले असार २० सम्म क्रियाशील सदस्यको विवाद टुंग्याउनै पर्ने बताए। ‘पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म नियममा बस्नुपर्‍यो। कांग्रेसको आइडोलोजी राम्रो छ। प्रजातान्त्रिक अभ्यास पनि हुँदै आएको हो। यसले प्रजातन्त्रको लागि फाइट गरेको भएकाले इन्टरनेशनल एरेनामा राम्रो छ। करेक्सन गनुपर्ने कुरा के हो भने संस्थागत गर्नुपर्छ,’उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell