PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

५१४७ जना भए कोरोना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या ६५ हजार



५१४७ जना भए कोरोना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या ६५ हजार

काठमाडौं : देशभर १४ हजार ८१९ जनाको कोभिड १९ परीक्षण गर्दा  दुई हजार ९१८ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा संक्रमण देखिएको हो।

यस्तै, संक्रमणका कारण थप ५३ जनाको मृत्यु भएको छ। यससँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ४३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना संक्रमण मुक्त भएका छन्। देभर हाल ६५ हजार ८०४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell