PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

लुम्बिनीमा ३८ अर्ब हाराहारीमा बजेट आउँदै



लुम्बिनीमा ३८ अर्ब हाराहारीमा बजेट आउँदै

बुटवल : लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बार्षिक बजेट ल्याउँदै छ। आइतबार नीति तथा कार्यक्रम पास गरेको प्रदेश सरकारले आज तीन बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य राख्ने छन्। कोरोना नियन्त्रण र थलो परेको अर्थतन्त्रलाई उकास्ने गरी ल्याउन लागेको बजेटको आकार गत वर्षको भन्दा बृद्धि गरी सार्वजनिक गर्ने तयारीमा प्रदेश सरकार रहेको छ। करिब ३८ अर्ब हाराहारीमा बजेट ल्याउने तयारीमा प्रदेश सरकार रहेको छ। असार १ गते संबैधानिक रुपमा बजेट ल्याउनुपर्ने ब्यवस्था छ।

प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखेरेलले पेश गरेका थिए। आगामी आर्थिक वर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइन लागेको प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर गौतमले जानकारी दिए। उनले करिब ३८ अर्बमा केही थपघट हुनसक्ने गरी बजेट आउन सक्ने संकेत गरे। चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो।

रोजगार सिर्जना लक्षित कृषि कार्यक्रम र सञ्चालनमा रहेका परियोजनाहरुलाई पूर्णता दिने गरि बजेट आउने गौतमले बताए। डा गौतमले बजेटमा अघिल्ला बर्षहरुमा जस्तो नयाँ ठूला आयोजनाहरु समावेश नगरिएको पनि जानकारी दिए। सरकारले चालु आर्थिक बर्षको बजेट पनि स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर ल्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell