PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'जी सेभन' पछि नेटोको निशानामा चीन : बाइडेन र पुटिनको भेट अघि चीनको सैनिक सामर्थ्य नेटोका लागि किन बन्यो चुनौती?



'जी सेभन' पछि नेटोको निशानामा चीन : बाइडेन र पुटिनको भेट अघि चीनको सैनिक सामर्थ्य नेटोका लागि किन बन्यो चुनौती?

बेलजियमको राजधानी ब्रसेल्समा भएको नेटो राष्ट्रहरुको सम्मेलनमा चीनको मुद्दा महत्वका साथ उठाइएको छ। नेटोका नेताहरुले चीनका कारण सैन्य जोखिम उत्पन्न भएको भन्दै बेइजिङलाई चुनौती दिने रणनीति बनाउन प्रस्ताव अघि सारेका छन्।

बेलायतमा भएको जी सेभन बैठकमा पनि चीनलाई घेरिएको थियो। चीनको बढ्दो प्रभाव कम गर्न जी सेभन राष्ट्रहरु एकजुट देखिएका थिए। अमेरिकाले चीनको दबाब कम गर्न चीनको 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीसआरआइ) लाई चुनौती दिन बिल्ड बैंब बेटर वर्ल्ड (बीथ्रीडब्यु) योजना नै अघि सारेको थियो। यस्तै, चीनलाई शिनजियांगमा वीगर मुसलमानमाथि भइरहेको दमन र मानवअधिकार उल्लंघनको विषयमा घेर्ने प्रयास गरे। यस्तै, हङकङको स्वायत्तताको माग समेत गरिएको थियो। ताइवान र तिब्बत विषयमा पनि चीनमाथि प्रश्न उठाइएको थियो। बैठकमा चीनबाट सुरु भएको कोभिड १९ भाइरसको उत्पत्ति बारे थप अनुसन्धान गर्ने विषयमा पनि चर्चा भएको थियो। चीनले भने जी सेभनमा भएको आफ्नो आलोचनाको जवाफ फर्काइसकेको छ। चीनले केही देशको समूह मिलेर विश्वको फैसला गर्ने दिन सकिएको बताएको थियो।

बेलायतपछि ब्रसेल्स पुगेका जी सेभनका केही राष्ट्र प्रमुख सहित नेटोका अन्य सदस्य राष्ट्रका प्रमुखबिच पनि चीनको आलोचना भएको हो। नेटोका नेताहरुले चीनले परमाणु क्षमतामा तीव्र गतिले विकास गरिरहेको दाबी गरेका छन्। साथै, अपारदर्शी किसिमले चीनले सेनाको आधुनिकिकरण गरिरहेको समेत बताएका छन्। नेटो बैठकमा चीन र रसियाबिच सैन्य सहर्कायमाथि पनि प्रश्न उठाइएको छ। चीन विश्व्यापी सुरक्षा चुनौती बनेको ठहर नेटो नेताहरुले गरेका छन्।

दोस्रो विश्व युद्धपछि कम्युनिष्ट राष्ट्रहरुको विस्तारको जोखिमसँग एकजुट भएर जुध्न नेटोको स्थापना गरिएको थियो। हाल विश्वमा चीन र रसियाको बढ्दो प्रभाव प्रति जी सेभनमा उब्जिएको आशंका नेटोमा समेत उठेको हो। ३० युरोपियन र उत्तर अमेरिकी देश सम्मिलित नेटोले रसियालाई मुख्य चुनौतीको रुपमा लिने गर्छ। अमेरिकी राष्ट्रपति जो बाइडेन सहितको नेटोले चीन र रसियामाथि प्रश्न उठाउनुलाई महत्वका साथ हेरिएको छ। राष्ट्रपति बनेपछि पहिलोपटब बाइडेन र रसियाली राष्ट्रपति भलादमिर पुटिनबिच भेट हुँदैछ। दुई देशबीच विवाद बढिरहेको अवस्थामा बुधवार बाइडेन र पुटिन आमनेसामने हुँदैछन्।  

यसबिच नेटोले चीनको बढ्दो सैनिक सामर्थ्यलाई चुनौतीको रुपमा लिएको हो। नेटोले चीनको सैन्य विकासलाई महत्वकांक्षी र आक्रमण व्यवहारलाई नेटोविरुद्ध चुनौतीको रुपमा व्याख्या समेत गरेको छ।

नेटोका प्रमुख येन्स स्टोलटवर्गले चीनको सैन्य र प्राविधिक क्षमता नेटोको बराबरी तर्फ अघि बढेको बताएका छन्। तर उनले चीनसँग शीतयुद्ध नचाहेको प्रस्ट पारेका छन्।

यता चीनले भने नाटोले लगाएको आरोपहरुको जवाफ फर्काएको छ। चीनले आफ्नो सैन्य विकासलाई चुनौतीका रुपमा नलिन नेटोलाई भनेको छ। साथै आफ्नो रक्षा नीति जहिलै 'डिफेन्सिफ' रहेको समेत प्रस्ट पारेको छ। चीनले नेटोलाई शान्तिपूर्ण रुपमा भइरहेको आफ्नो सैन्य विकासमा प्रश्न उठाउनुको सट्टा आफ्नो उर्जा वार्तालापमा खर्चिन समेत भनेको छ।

 युरोपियन युनियनका लागि चिनियाँ युनियनले एक विज्ञप्ती जारी गर्दै चीनको विकासलाई नेटोले स्वभाविक रुपमा लिनुपर्नेमा जोड दिएको छ। चीनले यस्तो भूराजनीतिक प्रतिस्पर्धाको बहानामा यस प्रकार विषय झिकेर आफ्नो आन्तरिक र सैन्य मामिलामा हस्तक्षप नगर्न चेतावनी समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell