PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मेलम्चीमा बाढीको बितण्डा : बाढी पस्दा बजारको अवस्था यस्तो



मेलम्चीमा बाढीको बितण्डा : बाढी पस्दा बजारको अवस्था यस्तो

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलबार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की पुलहरुसमेत बगाएका छन्।

हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्बो लामाले मेलम्चीको सुरुङमा पठाइएको पानी मंगलबारबाट खोलामा खसालिएकाले बहाव बढेको दाबी गरेका छन्। उनले बाढी ठूलो धनजनको क्षति पुर्‍याएको बताए। 

लामाले भने, ‘‘पाँच बजे सुरुङ खोलेर खोलापट्टि पानी पठाएछन्। त्यहीबेला ढ्याम साइडबाट पहिरो पनि झरेछ। ६ बजेबाट ठुलै बाढी गएछ। हेलम्बुको सात जना बेपत्ता छन्। मेलम्चीको चार जना बेपत्ता। स्थिति बेहाल छ। यो मेलम्ची खानेपानीको गल्ती हो। उद्धारको कुनै कुरा छैन।’
हेलम्बु १ का वडाध्यक्ष मिङ्मार लामाले बाढी अझै ठूलो भएको बताए। माछा फर्ममा काम गर्ने दुई जना बेपत्ता भएको जानकारी आफूले पाएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell