PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मेलम्ची बाढीले आधा दर्जन बढी पुल बगाएको आशंका, बिहानको अवस्था यस्तो



मेलम्ची बाढीले आधा दर्जन बढी पुल बगाएको आशंका, बिहानको अवस्था यस्तो
मेलम्ची इन्द्रावती जोड्ने पक्की पुलमाथि राखेको फलामे बार पुलभन्दा तल पुगेको अवस्थामा।

काठमाडौं : गएराति मेलम्ची नदीमा आएको बाढीले बजारका कतिपय स्थान बगरमा परिणत भएको छ। प्रशासनले कुनै उद्धारको बन्दोबस्त राति गर्न सकेन। बिहान पनि मानिसहरु उद्धारका लागि गुहार मागिरहेका छन्। रासस प्रतिनिधि आदित्य दाहालले मेलम्चीको एक भवनमा दुई जनाले उद्धारका लागि गुहार मागिरहेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, 'मेलम्चीको होटल रोजको छ्तमा दुईजना युवाहरु उद्धारको लागि गुहार मागिरहेका छन्। उक्त होटलको छतमात्र देखिन्छ। साथै, होटलको वरिपरि खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने देखिएको छ।

यता स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नदीमा आएको बाढीमा परी ५० जना बेपत्ता भएको जनाएका छन्। तामाङले फेसबुकमा लेखेका छन्, 'मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ। यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु। सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell