PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मेलम्ची बाढीको बितण्डा : बजारमै यसरी पस्यो नदी, १५ फोटो

मेलम्ची बाढीको बितण्डा : बजारमै यसरी पस्यो नदी, १५ फोटो


सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलबार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की पुलहरुसमेत बगाएका छन्।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नदीमा आएको बाढीमा परी ५० जना बेपत्ता भएको जनाएका छन्। तामाङले फेसबुकमा लेखेका छन्, 'मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ। यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु। सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं।'

 



ट्रेन्डिङ पोस्ट

Ncell