![हेलम्बुको भ्रातेकतेकमा पहिरो, उद्धार टोली पुग्दै](https://pahilopost.com/assets/upload/contentthumb/cbf46357-10e6-4127-92dc-f00dbb8c9a7e_(3).jpg)
काठमाडौं : हेलम्बुको भ्रातेकतेकमा पहिरो गएको छ। मंगलबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी र पहिरो गएको थियो। मेलम्चीको अवस्थाबारे केही खबर आएपनि हेलम्बुमा भएको क्षति बारे कम सूचना मात्रै बाहिरिएको छ। हेलम्बुमा पहिरोले खोला थुनिएको स्थानीयले बताउँदै आएका छन्।
बुधवार स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले हेलम्बुको चोक्पुभन्दा ५०० मिटर माथी भ्रातेकतेकमा पहिरो गएको जानकारी दिएका हुन्। अहिले उद्धारका लागि हेलम्बुमा सेना र सुरक्षाकर्मीको टोली हेलम्बु जाँदैछन्।