PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विपक्षमा मतदान गरेको भन्दै सांसद वलीलाई एमालेले सोध्यो स्पष्टीकरण



विपक्षमा मतदान गरेको भन्दै सांसद वलीलाई एमालेले सोध्यो स्पष्टीकरण

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को तर्फबाट प्रदेशसभाको उप निर्वाचन लडेर दाङक्षेत्र नम्बर ३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ।

जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद क्षेत्रीलाई ३ दिनको म्याद राखेर स्पष्टीकरण सोधेका हुन्।

नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकमुर वलीको दुर्घटनाबाट निधन भएपछि वली पत्नी बिमलालाई नेकपाको तर्फबाट सुर्य चिन्ह लिएर उप निर्वाचनमा उनी निर्वाचित भएकी थिइन्।

सर्वोच्च अदालतले एमाले र माओवामदी केन्द्रको एकतालाई अस्विकार गर्दै आफ्नौ स्थानमा ब्युँताइदिएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार गत बैशाखमा मात्र विमलाले माओवादी केन्द्र रोजेकी थिइन्।

पार्टी रोज्नु अगाडि नै एमाले संसदीय दलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागी भइसकेका कारण विमलालाई एमाले सांसदकै हैसियतामा रहेको एमालेको ठहर छ। त्यसैले पार्टीको ह्वीप विपरित सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको उपुयुक्त कारण उनलाई स्पष्टीकरण सोधिएको हो।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द ब्युँताइदिएपछि मौन बसेकी विमलाले गत बैशाखमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि माओवादी केन्द्र रोज्ने घोषणा गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell