PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुख्यमन्त्री पोखरेलको आग्रह : अविरल वर्षा जारी छ, सतर्क रहौं



मुख्यमन्त्री पोखरेलको आग्रह : अविरल वर्षा जारी छ, सतर्क रहौं

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविरल वर्षा जारी रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षाका कारण धेरै क्षेत्रमा बाढी गएका कारण असुरक्षीत र डुबान क्षेत्रका बासिन्दालाई सचेत रहन उनले आग्रह गरेका हुन्।

प्रदेशका विभिन्न नदीहरुमा पानीको बहाब बढ्दा पहिरो, डुबान र बाढीको समस्या बढदो छ। वर्षा नरोकिएसम्म जोखिमपूर्ण क्षेत्रको यात्रामा नजान र नदी–खोलमा नपस्न उनले अनुरोध गरेका छन्।

उनले पहिरो र नदीको तटबन्ध कटान र डुबानको समस्या देखिएमा जिल्ला प्रशासनमा तत्काल सुचना दिनहुन समेत अनुरोध गरेका छन्।

प्रदेश सरकारले उद्धार र राहत कार्यको आवश्यक संयोजन र सहजिकरण गर्ने उनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell