PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महाराष्ट्रमा घट्यो कोरोना संक्रमण दर, सुरु हुन थाले फिल्मको छायांकन



महाराष्ट्रमा घट्यो कोरोना संक्रमण दर, सुरु हुन थाले फिल्मको छायांकन
Photo : The Indian Express

भारतमा कोरोना संक्रमणको दर अहिले घट्दो छ। भारतमा धेरै संक्रमित पहिचान भएको महाराष्ट्रमा पनि संक्रमितको संख्या घटेको छ। यसबिच महाराष्ट्र सरकारले ७ जुनदेखि लकडाउन खुकुलो गरेको छ।   

'लुज डाउन' नीति लिएको सरकारले फिल्म उद्योगको लागि मापदण्ड बनाएर निश्चित समयको लागि फिल्म सुटिङ गर्ने अनुमति समेत दिएको छ। सुटिङ अनुमति मिले पछि रोकिएका फिल्महरुको छायांकन सुरु हुन थालेको छ।

'लुज डाउन'सँगै बलिउड अभिनेता अमिताभ बच्चन लामो समयपछि काममा फर्किएका छन्। उनले मंगलबारबाट फिल्म 'गुडबाई' को सुटिङ सुरु गरेका छन्। साथै दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना पनि अमिताभ बच्चनसँगै 'गुडबाई' को सुटिङमा व्यस्त छिन्।

लकडाउन अघि पनि फिल्मको सुटिङ सुरु भएको थियो। तर सुटिङको क्रममा टिमको एक सदस्यलाई कोरोना संक्रमण भएपछि फिल्मको छायांकन स्थगित गरिएको थियो।

त्यसैगरि आमिर खानका छोरा जुनैद खानले पनि बलिउडमा पहिलो पाइला टेक्दैछन्। आदित्य चोपडाको फिल्म 'महाराजा' बाट जुनैदले डेब्यू गर्न लागेका हुन्। जसको सुटिङ सुरु भइसकेको छ। मुम्बईको मारोल नाकामा फिल्मको छायांकन भइरहेको छ। करिब २५ जना सदस्यको उपस्थितिमा फिल्मको छायांकन भइरहेको छ। यस फिल्मका टिमका सदस्यहरु सुटिङको अनुमति प्राप्त गर्नु अघि नै आइसोलेसनमा बसिसकेका थिए।

त्यसैगरि १६ जुनबाट फिल्म 'आदीपुरुष' सुटिङ सुरु भएको छ। जसमा सैफ अलि खान रावणको भुमिकामा देखिनेछन्। पहिले यस फिल्मको सुटिङ हैदराबादमा गर्ने भनिएता पनि अनुमति नमिलेपछि अब मुम्बईमा नै हुन लागेको हो। फिल्मका मुख्य अभिनेता प्रभास अरु काममा नै व्यस्त भएपनि सैफले भने सुटिङ सुरु गरेका छन्।

यसैबिच संजय लीला भंसालीको फिल्म 'गंगुबाई काठियावाडी' को सुटिङ सुरु हुन थालेको छ। जसमा आलिया भट्टको मुख्य भुमिका रहेको छ। फिल्मको ८ दिनको सुटिङ अझै पनि बाँकी छ। जसको छायांकन जुनागढ फिल्म सिटीमा हुनेछ।

अक्षयकुमार र भूमि पेडनेकरको मुख्य भुमिका रहेको फिल्म 'रक्षाबन्धन' ले पनि आजैबाट फिल्मको छायांकन सुरु गरेका छन्। फिल्मको सुटिङ समय ४० दिनको रहेको छ।यो फिल्मको सुटिङ पनि मुम्बई फिल्मसिटीमा हुँदैछ।

यसका साथै २० जुनदेखि शाहरुख खानको फिल्म पठान र सलमान र कैटरिना कैफ अभिनित 'टाइगर ३' को सुटिङ समेत सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell